लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा « Khabarhub

लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएपछि ब्याटिङ धर्मराएको छ ।

खेल ६ ओभरको पाँचौँ बलमा पुग्दा चितवनले ४ विकेट गुमाएको छ भने ३२ रनको दयनीय अवस्थामा छ ।

चितवनका सुरुवाती क्रममा सबै ब्याटर सस्तैमा आउट भएका हुन् । २० रन जोडेर देव खनाल शाहब अलामको बलममा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । 

ओपनर दीपक बोहोर पहिलो विकेटका रुपमा शून्यमै आउट भए । डेविड मलानले ७ र सैफ जैबले १ रन जोडे । 

पहिलो ओभरदेखि नै धर्मराएको चितवनको ब्याटिङले लय समातेको छैन । 

बलिङमा काठमाडौंका मलिन्द कुमारले २ विकेट लिएका छन् । उनले ओपनर डविड मलान र सैफ जैबलाई आउट गराए । 

१४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङ गरेको छ । चितवनका दुई भरपर्दा ब्याटर कप्तान कुशल मल्ल र रवि बोपारा बाँकी नै छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : १६ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले