देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै « Khabarhub

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछन् ।

१८ महिना वरिष्ठ भए पनि शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गर्न लागेका हुन् ।

रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ । आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय गरेको थियो । उनी त्यसबेला सर्वोच्च अदालत पनि गए।

तत्कालीन देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना कनिष्ठ धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनले अवकाश पाएका थिए ।

उनले त्यसपछि देउवासम्म पहुँच भएकाबिचौलियाले आईजीपी बन्न ७ करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा गरे । तर आफूले उक्त कुरा अस्वीकार गरेपछि आईजीपी बन्नबाट रोकेको उनले दाबी गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : २४ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका