जिल्ला प्रशासन कार्यालयको पहलमा हेटौँडाको मुख्य सडक विस्तारका लागि रेखाङ्कन सुरु « Khabarhub

जिल्ला प्रशासन कार्यालयको पहलमा हेटौँडाको मुख्य सडक विस्तारका लागि रेखाङ्कन सुरु


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाग्मती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि रेखाङ्कनको काम सुरु भएको छ ।  लामो समयदेखि विवादित सो सडकको विस्तारका लागि मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन माइकिङ र रेखाङ्कनको काम भइरहेको हो ।

सडक सीमाभित्र पर्ने संरचना हटाउन पटक पटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरी सडक विस्तारलाई अघि बढाइएको डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा गठित टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको रेखाङ्कन गर्ने, रङ लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी पाएको छ । 

टोलीले जिम्मेवारी पाएलगत्तै काम सुरु गरिसकेको संयोजक सुवेदीले जानकारी दिए । ‘हामीले पाएको जिम्मेवारी अनुसारको काम सुरु गरिसकेका छौँ’, उनले भने पहिलो चरणमा हामीले माइकिङ र  सडकको दुवैतिर नापनक्सा र रेखाङ्कनको काम अघि बढाएका छौँ, त्यो सकेपछि संरचना भत्काउने काम अघि बढाउनेछौँ ।’ 

काम गर्ने क्रममा समस्या नहोस् भन्ने उद्देश्यले टोलीमा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई पनि राखेर अघि बढेको उनको भनाइ छ । 

गठित विशेष टास्क फोर्स समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सरोकार भएका निकायका प्रतिनिधिहरू सदस्य छन् । 

हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैंक (एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले टास्क फोर्सले कामलाई तीव्र रूपमा अघि बढाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए  । 

उनले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा अवरोध नहुनेगरी सरोकार भएका निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको जानकारी दिए । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेबाट बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकबाट सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ । 

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने जनाएको छ । 

यसैबीच सडक विस्तारका लागि सडक डिभिजन कार्यालयबाट सूचना जारी भएसँगै हेभी इक्विप्मेन्ट डिभिजन कार्यालय हेटौँडाले पनि संरचना भत्काउन, सडक निर्माणलगायत कार्यका लागि आवश्यक पर्ने उपकरण र सवारीसाधन तयारी अवस्थामा राखेको छ । 

कार्यालयका सूचना अधिकारी बरुणकुमार साहले सडक विस्तारका लागि आवश्यक लम्बुङ, एक्साभेटर, ह्विल एक्साभेटर, लोडर, जेसिबी, टिपर, ट्रकलगायत सामग्री र उपकरण, सवारीसाधन तयारी अवस्थामा राखिएको जानकारी दिए । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४७ बजे

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको