विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन « Khabarhub

विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । 

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।

विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए । 

उनले कार्यालयले चालक अनुमति पत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताए । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन । 

कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्राही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिँदै आएको छ । 

कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदै आइरहेको छ । 

विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४० बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार