ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित « Khabarhub

ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ  ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो । 

जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हाराएको थियो भने लुम्बिनी लायन्ससँग आफू हारेको थियो । 

काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

चितवनले शुक्रबारको खेलमा ब्याटिङमा लय गुमाउँदा काठमाडौंले जित आफ्नो पक्षमा पारेको हो ।

चितवनको ब्याटिङ सुरुवातदेखि नै धर्मराएको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।

तेस्रो विकेट ५ ओभरको दोस्रो बलमा झर्‍यो । तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।

देव र बोपाराले सर्वाधिक २१–२१ रन जोडे । सोहिल तानवीरले १८ रन जोडे बाँकीले दोहोरो रन बनाउन सकेनन् ।

अघिल्ला शतप्रतिशत ३ खेलमा अर्धशतक प्रहार गर्ने बोपाराको ब्याटिङ पनि आजको खेलमा चेलन ।

सुरुवातदेखि नै धर्मराएको चितवनको ब्याटिङ कुनै खेलाडीले उकास्न सकेनन् ।

काठमाडौंका रसिद खानले चितवनको ३ विकेट लिए । उनले रवि बोपाराको महत्त्वपूर्ण विकेटसमेत लिए ।

करण केसीले दीपक बोहोरा र सोहिल तानवीरको विकेट थिए ।

मलिन्द कुमारले ओपनर डविड मलान र ब्याटर सैफ जैबको महत्त्वपूर्ण विकेट लिए । सैब आलमले देव खनाल र कुशल मल्लको महत्त्वपूर्ण विकेट लिए ।

सन्तोष यादवले एक विकेट लिए ।

यसका हारको प्रमुख कारण चितवनको फितलो ब्याटिङ नै हो । बलिङमा सन्तोषजनक नै हो।

चार ओभरको दोस्रो बलमा चितवनले काठमाडौंलाई ३ विकेटको क्षतिमा २४ रनको दबाबपूर्णस्थितिमा पुर्याएको थियो ।

चौथो विकेटका लागि मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको बलियो साझेदारी गरेपछि काठमाडौंको ब्याटिङ उकासिएको थियो । जोनले अर्धशतक पूरा गर्दै ६० र मिलिन्दले ३८ रन जोडे । यस जितमा ब्याटिङतर्फ यी दुईको प्रस्तुती निर्णायक बन्यो ।

काठमाडौंको चौथो विकेटका लागि चितवनले ११ ओभर लामो संघर्ष गरेको थियो । त्यसपछि र अघि भने लगालग विकेट लिएको थियो ।

काठमाडौंका ओपनर बेन चार्ल्सवर्थले १३ रन जोडेका थिए । चितवनका बलरले काठमाडौंका अन्य खेलाडीलाई भने दोहोरन बनाउन दिएनन् । १९ ओभरको ४ बलमा सबै विकेट गुमेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ०३ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा