ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित « Khabarhub

ब्याटिङमा चितवनले लय गुमाउँदा काठमाडौंको सहज जित


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले ब्याटिङमा लय गुमाउँदा काठमाडौं गोर्खाजले ५३ रनको सहज जित निकालेको छ  ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो । 

जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हाराएको थियो भने लुम्बिनी लायन्ससँग आफू हारेको थियो । 

काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

चितवनले शुक्रबारको खेलमा ब्याटिङमा लय गुमाउँदा काठमाडौंले जित आफ्नो पक्षमा पारेको हो ।

चितवनको ब्याटिङ सुरुवातदेखि नै धर्मराएको थियो । ओपनर दीपक बोहोरा पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए । दोस्रो विकेटका रुपमा ओपनर डबिड मलान ३ ओभरको पाँचौ बलमा आउट भए ।

तेस्रो विकेट ५ ओभरको दोस्रो बलमा झर्‍यो । तेस्रो विकेटका रुपमा सैफ जैब आउट भए । चौथो विकेटका रुपमा ब्याटर देव खनाल आउट भए । उनले १८ बलमा २१ रन जोडे ।

देव र बोपाराले सर्वाधिक २१–२१ रन जोडे । सोहिल तानवीरले १८ रन जोडे बाँकीले दोहोरो रन बनाउन सकेनन् ।

अघिल्ला शतप्रतिशत ३ खेलमा अर्धशतक प्रहार गर्ने बोपाराको ब्याटिङ पनि आजको खेलमा चेलन ।

सुरुवातदेखि नै धर्मराएको चितवनको ब्याटिङ कुनै खेलाडीले उकास्न सकेनन् ।

काठमाडौंका रसिद खानले चितवनको ३ विकेट लिए । उनले रवि बोपाराको महत्त्वपूर्ण विकेटसमेत लिए ।

करण केसीले दीपक बोहोरा र सोहिल तानवीरको विकेट थिए ।

मलिन्द कुमारले ओपनर डविड मलान र ब्याटर सैफ जैबको महत्त्वपूर्ण विकेट लिए । सैब आलमले देव खनाल र कुशल मल्लको महत्त्वपूर्ण विकेट लिए ।

सन्तोष यादवले एक विकेट लिए ।

यसका हारको प्रमुख कारण चितवनको फितलो ब्याटिङ नै हो । बलिङमा सन्तोषजनक नै हो।

चार ओभरको दोस्रो बलमा चितवनले काठमाडौंलाई ३ विकेटको क्षतिमा २४ रनको दबाबपूर्णस्थितिमा पुर्याएको थियो ।

चौथो विकेटका लागि मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको बलियो साझेदारी गरेपछि काठमाडौंको ब्याटिङ उकासिएको थियो । जोनले अर्धशतक पूरा गर्दै ६० र मिलिन्दले ३८ रन जोडे । यस जितमा ब्याटिङतर्फ यी दुईको प्रस्तुती निर्णायक बन्यो ।

काठमाडौंको चौथो विकेटका लागि चितवनले ११ ओभर लामो संघर्ष गरेको थियो । त्यसपछि र अघि भने लगालग विकेट लिएको थियो ।

काठमाडौंका ओपनर बेन चार्ल्सवर्थले १३ रन जोडेका थिए । चितवनका बलरले काठमाडौंका अन्य खेलाडीलाई भने दोहोरन बनाउन दिएनन् । १९ ओभरको ४ बलमा सबै विकेट गुमेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ०३ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको