पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक « Khabarhub

पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।  

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । 

सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । 

जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको धारणा राखिन् ।  

लेखक शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ३६ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने