सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न « Khabarhub

सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ । 

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षता बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालयको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयोजन गरी प्रस्तुतीकरण तयार गर्ने निर्णयसमेत गरिएको छ  ।

सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा गर्ने निर्णय भएको छ । 

यस्तै, प्रदेशअन्तर्गत रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन प्रचलित कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यथाशीघ्र अनुगमन तथा निरीक्षण टोली गठन गरी महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन प्रचलित कानुनबमोजिम गर्ने गरी सुरक्षा प्रबन्धका लागि मात्र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ४८ बजे

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी

विराटनगर दुवै ओपरन सस्तैमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका