सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न « Khabarhub

सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको विषयमा प्रदेशका तर्फबाट प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि छलफल हुनेछ । 

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको अध्यक्षता बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालयको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयोजन गरी प्रस्तुतीकरण तयार गर्ने निर्णयसमेत गरिएको छ  ।

सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीको साझेदारीमा गर्ने निर्णय भएको छ । 

यस्तै, प्रदेशअन्तर्गत रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन प्रचलित कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यथाशीघ्र अनुगमन तथा निरीक्षण टोली गठन गरी महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थल परिसरभित्र रहेको प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन प्रचलित कानुनबमोजिम गर्ने गरी सुरक्षा प्रबन्धका लागि मात्र आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ४८ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।