दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक « Khabarhub

दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगमा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी कर्णाली याक्सका प्रियांक पञ्चाल बनेका छन् । 

सिजनको १६ औं खेलमा उनले विराटनगर किङ्ग्सलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा अर्धशतक पूरा गरेका हुन् । 

उनले ४२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । यो सिजनको १६ औं अर्धशतक हो । 
पञ्चालको नाममा सिजनको दोस्रो अर्धशतक पनि छ । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

उनी जारी सिजनको दोस्रो सर्वाधिक रन जोड्ने ब्याटर पनि हुन् । 

दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

त्यस्तै, सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ ।

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ०८ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा