दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक « Khabarhub

दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगमा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी कर्णाली याक्सका प्रियांक पञ्चाल बनेका छन् । 

सिजनको १६ औं खेलमा उनले विराटनगर किङ्ग्सलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा अर्धशतक पूरा गरेका हुन् । 

उनले ४२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरेका हुन् । यो सिजनको १६ औं अर्धशतक हो । 
पञ्चालको नाममा सिजनको दोस्रो अर्धशतक पनि छ । सिजनको दोस्रो खेलमा उनले चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । 

उनी जारी सिजनको दोस्रो सर्वाधिक रन जोड्ने ब्याटर पनि हुन् । 

दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल हुन् । 

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे । 

त्यस्तै, सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ ।

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ०८ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ