प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान « Khabarhub

प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई ३५ हजार पाँच रुपैयाँ राशिको सम्मान तथा युवा कवि सुदेश सत्याललाई १५ हजार पाँच रुपैयाँ राशिको प्रतिभा पुरस्कार प्रदान गरेका हुन् ।

पूर्वकुलपति उप्रेतीले भाषा साहित्य राष्ट्रको पहिचान भएको उल्लेख गर्दै निजीस्तरमा खुलेका साहित्यिक संस्थाले पुराना र नयाँ स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको धारणा राखे । 

सम्मानित स्रष्टा उपाध्यायको व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौडेलले तथा युवा प्रतिभा सत्यालबारे उपप्राध्यापक रुपक अलङ्कारले चर्चा गरेका थिए । रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजङग थापा भाषा, साहित्य र कला क्षेत्रलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजित १६औँ राष्ट्रव्यापी अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । 

यस वर्ष महाकवि देवकोटाको ‘वन’ कवितामा वक्तृत्वकला प्रतियोगिता गराइएको समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : २१ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको