‘तेस्रो जितले टिमको मनोबल बढेको छ’ « Khabarhub

‘तेस्रो जितले टिमको मनोबल बढेको छ’


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन् । 

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भने, ‘आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको  शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।’

आज काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौँ छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

टिमको सबै पक्षमा सुधार हुँदै गएको बताउँदै उनले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘टिमको सबै पक्षमा सुध्रिँदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३० बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी