प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य « Khabarhub

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा प्रियांक पञ्चाल र विलियम बोसिस्टो ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किङ्सलाई १६१ रनको बलिये लक्ष्य दिएको छ ।

उनीहरुले दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका हुन् । दोस्रो विकेटका रुपमा आउट भएका प्रियांकले ४७ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६३ रन जोडे ।

१३ ओभर ४ बलमाको लामो संघर्षले विराटनगरले कर्णालीको दोस्रो विकेट लिएको हो । पहिलो विकेटकका रुपमा मार्क वाट २ ओभरको पाँचौ बलमा आउट भएका थिए । दोस्रो विकेट १६ ओभरको तेस्रो बलमा गएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

जसका लागि विलियम बोसिस्टोले ४८ बलमा २ चौका हान्दै ४८ रन बनाए । गुल्सन झाले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । नजिबुल्लाह जद्रानले ६ बलमा १ छक्काको सहयोगमा १२ रन जोडे ।

जसका लागि विलियम बोसिस्टोले ४८ बलमा २ चौका हान्दै ४८ रन बनाए ।

गुल्सन झाले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । नजिबुल्लाह जद्रानले ६ बलमा १ छक्काको सहयोगमा १२ रन जोडे ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३३ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी