पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू) « Khabarhub

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी शुक्रबार उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताको उपस्थितिमा बनस्थलीस्थित घण्टीघर पुगेर राजनीतिक यात्रा थालेका हुन् ।

१८ महिना वरिष्ठ भए पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गरेका हुन् ।

रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ । आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय गरेको थियो । उनी त्यसबेला सर्वोच्च अदालत पनि गएका थिए।

तत्कालीन देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना कनिष्ठ धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी नियमित अवकाशमा गएका थिए ।

उनले त्यसपछि देउवासम्म पहुँच भएका बिचौलियाले आईजीपी बन्न ७ करोड रुपैयाँको प्रस्ताव गरेको खुलासा गरे । तर आफूले उक्त कुरा अस्वीकार गरेपछि आईजीपी बन्नबाट रोकेको उनले दाबी गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ५१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते