सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग « Khabarhub

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख रुपैयाँ बराबरका कार्यालय सामग्री सहयोग गरेको छ । 

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे । 

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । 

कोशी प्रदेशका ३० पालिकामा छ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत दुहबीबाट आज सुरुवात गरिएको हो । आन्दोलनका क्रममा प्रदेशका ४०१ वडा कार्यालयमा क्षति पुगेको थियो । 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्त्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए । 

सरकारले कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्वीच, औषधि तथा प्लास्टिक कुर्सीसहितका सामग्री प्रदान गरेको हो । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १८ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार