पर्यटन पूर्वाधारमा लगानी बढाउन माग « Khabarhub

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् । पूर्वाधार अभावमा पर्यटकको रोजाइमा पर्ने स्थलहरू ओझेलमा परेको गुनासो उनीहरूको छ ।

पर्यटन कार्यालयले आज पाँचथरको फिदिममा आयोजना गरेको जिल्लास्तरीय पर्यटनसम्बन्धी अन्तरक्रियामा जनप्रतिनिधि, व्यवसायी तथा पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले पर्याप्त लगानीले मात्रै पर्यटन विकास परिणाममुखी हुने बताए । 

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रदेश र सङ्घ सरकारले फिदिम नगरपालिकाका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न पर्याप्त समन्वय नगरेको र बजेट नदिएको गुनासो गरे ।

‘स्थानीय तहमा बजेटको सीमितताले पूर्वाधारका काम गर्ने अवस्था छैन’, नगरप्रमुख काफ्लेले भने, ‘न पर्याप्त समन्वय भएको छ, न बजेट नै पाएका छौँ ।’

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बजेट माग्न धेरै धाए पनि पाउन नसकेको बताए । 

‘हामीले थप बजेट पाउने प्रतिबद्धता विशेषतः प्रदेश सरकारबाट पाउँछौँ । तर बजेट आएको छैन’, उनले भने । आङदेम्वेले कोशी प्रदेश सरकारले घोषणा गरे बमोजिम फाल्गुनन्द पर्यटन क्षेत्रमा पूर्वाधार विकास र प्रचारमा विशेष जोड दिनुपर्ने बताए ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घका सचिव सुवास तुम्बापोले किरात धर्मावलम्बीहरूका आस्थाका स्थलहरू सिलौटी र लब्रेकुटीमा आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाले यहाँ थप लगानी र प्रचार आवश्यक रहेको बताए । 

‘किरात धर्मावलम्बीहरू र किरात धर्मबारे चासो राख्ने सबैको आकर्षणको केन्द्र यी स्थान हुन्’, तुम्बापोले भने, ‘पछिल्ला दिनमा बढ्दो अध्यात्म प्रतिको चासोले यी स्थानको सम्वर्द्धनको आवश्यकतालाई थप बढाएको छ ।’

फिदिमकी घरवास सञ्चालक तृष्णा राईले पर्यटक आगमन कम हुँदा घरवासीहरू सञ्चालनमा कठिनाइ भएको बताइन् । उनले घरवास सञ्चालकलाई तालिम, आर्थिक सहयोग र पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताइन् ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण पर्यटन क्षेत्र धराशायी भएको र पर्यटन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र झस्किएको बताए । 

कोशी प्रदेश पर्यटन वर्ष सञ्चालक समितिका उपनिर्देशक कृष्ण शाहले कोशी प्रदेशमा भुटान, बङ्गादेश र भारतका पर्यटक भित्र्याउने योजना प्रदेश सरकारको रहेको बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ५० बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा