गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार « Khabarhub

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ । 

बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले सो पुरस्कार हात पार्न सफल भएको हो । 

आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक विजेता टिम गणेशचोकले नगद तीन लाख दुई हजार ८२ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको रु ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कारबराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।

त्यसैगरी, उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु एक लाख ५० हजार ८२ बराबरको अलैँची प्रदान गरिएको छ । तोक्पेगोलालाई करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको साँवाले बताए ।रासस 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : १३ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको