प्रधानमन्त्री र अध्यक्ष ढकालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र अध्यक्ष ढकालबीच भेटवार्ता


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा पठाउनुपर्ने धारणा राखेकी छन् । नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेकी हुन् ।

प्रधानमन्त्रीले भनिन्, “तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ । यो खुसीको कुरा हो । सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ । कम खर्चमा हुनुपर्छ । प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन । उम्मेदवारको पैसा खर्च नहुनेगरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ । अनि सदनमा पनि राम्रा मान्छे पुग्छन् ।”

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताएउहाँले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताए ।

“यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ । हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ । अहिले निर्वाचनको वातारण बनाउन खटिइरहनुपर्छ । सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ । हामी यसैका निम्ति लागिरहेका छौँ । निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझाव छ ।”

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : ४३ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य