देउवाले विशेष महाधिवेशनेको कुरै सुन्न चाहेनन्, पुस मसान्तमा नियमितको तालिका ल्याउँदै कांग्रेस « Khabarhub

देउवाले विशेष महाधिवेशनेको कुरै सुन्न चाहेनन्, पुस मसान्तमा नियमितको तालिका ल्याउँदै कांग्रेस


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने तयारी गरेको छ।

आइतबारको केन्द्रीय समिति बैठकमा पुस मसान्तको कार्यतालिका ल्याउने गरी विवाद समाधानउन्मुख पुगेको हो।

पार्टीको महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विवादले असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुंगिएको छैन।

विवाद समाधान नदेखिएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका देउवाले आफैँ विवाद समाधान गर्न कस्सिएका छन्।

पछिल्लो तीन दिनयता देउवा पार्टी विवाद समाधानमा सक्रिय छन्। बिहीबार पार्टी पदाधिकारीसँग छलफल गरेका देउवाले शुक्रबार पदाधिकारी र केही पूर्वपदाधिकारीलाई डाकेर छलफल गरे।

विवादित नेताहरूलाई उनले भने, ‘समयमै महाधिवेशन सक्न भनेर मैले जिम्मेवारी दिएकै हो। तपाईँहरु विवाद गरेर बस्ने?’

उनले आफू पार्टी छोड्न तयार भइसक्दा पनि नेताहरू नियमित र विशेषको नाममा विभाजित भएको भन्दै आपत्ति जनाए।

‘मैले नेतृत्व छोड्ने भनिसकेँ तपाईंहरू विवाद गरेर यत्रो समय कटाउनुहुन्छ,’ देउवालाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘नियमित महाधिवेशनको मिति तोकेरै अघि जानुपर्छ। समय अपुग हुन सक्छ तर, यस्तो अवस्थामा सम्पूर्ण शक्ति लगाएर गरौँ। पुस मसान्तसम्म सक्नुपर्छ अब। किन सकिन्न? म नेतृत्व छोड्न तयार भएको मान्छेले हुन्छ भन्दा तपाईंहरू किन बखेडा झिक्नुहुन्छ।‘

ती पदाधिकारीका अनुसार विषय मिल्नेतर्फ अघि बढेको छ। ‘ भोलिसम्म सहमति हुन्छ। सहमतिनजिक छौँ’ उनले भने।

नियमित महाधिवेशनको विषयमा समय अपुग भएको भन्दै महामन्त्रीहरूले आशंका भने व्यक्त गरेका थिए।

‘नियमित गर्न सकिन्छ भने तयार नै हो। समय कम भएको हुँदा सकिन्छ, सकिन्न भन्ने आशंका त छ नि। फास्ट ट्रयाकबाट गर्न सकिन्छ भन्नेमा त हामी पनि हौँ,’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भनेका थिए, ‘क्रियाशील नवीकरण र सदस्यता वितरणको काम कसरी सक्ने, नगर्नेलाई तत्कालै रिजेक्ट गर्ने, कार्यालयमा आइटीका मान्छे धेरैभन्दा धेरै राखेर कम्प्युटरमार्फत काम गर्ने कमिटमेन्ट चाहिन्छ। काममा हस्तक्षेप हुनुहुँदैन।‘

बैठकमा गगनले विशेषमै जोड दिएका थिए। फेरि देउवाले थपे, ‘विशेष हुँदैन। गर्ने भएपछि नियमित गरौँ। सबै लागौँ।‘ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका छन्।

आजको बैठकमा महामनत्री थापालाई नेता रमेश लेखकसहितले विशेष महाधिवेशन पक्षधरलाई निवेदन फिर्ता लिन आग्रह गर्न भनेका थिए। ‘महामन्त्रीज्यूले विशेष महाधिवेशन माग गर्नेहरूलाई पत्र फिर्ता लिन भनिदिनुस्। नियमितको तालिका ल्याएर अघि जाने भनेर सभापतिले भनिसक्नु भयो। सहमतिमा जाऔं’ लेखकले भनेका थिए।

लगत्तै महामन्त्री थापाले भने, ‘हस्ताक्षर फिर्ता लिन लगाउने कुराको जिम्मा म लिन सक्दिनँ। तपाईंहरू नियमितका लागि तयार नभएपछि आएको परिस्थिति आफैँ सम्हालुनुस्।’

केन्द्रीय समितिको बैठक सुरु भएदेखि नै कांग्रेसको नियमित महाधिवेशन या विशेष महाधिवेशन भन्नेमा नेताहरू विभाजित हुँदा विवाद लम्बिएको छ।
यसको समाधान अझै हुन सकेको छैन। सभापति देउवानिकट नेताहरू नियमित महाधिवेशन गर्नुपर्ने तर महाधिवेशन फागुन २१ को निर्वाचनपछि मात्रै गर्नुपर्ने पक्षमा देखिए।

उता महामन्त्रीद्वयसहित नेताहरू भने तत्काल विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा देखिए।

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसमेत कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्। विशेष महाधिवेशन माग गर्दै निवेदन दिएको ९० दिनभित्र यसलाई प्रक्रियामा लैजानुपर्ने विधानको व्यवस्था छ।

शुक्रबारमात्रै विशेष पक्षधरलाई कार्यवाहक सभापति खड्काले वार्ताका लागि टेलिफोन गरेका थिए। उनले शनिबार बिहान ८ बजे बैठक बस्ने गरी फोन गरेको नेता गुरुराज घिमिरेले बताए। तर उनीहरुले खड्कालाई वार्ताका लागि टेलिफोनबाट हैन पार्टीको लेटरप्याडमा पत्र पठाउनुपर्ने जवाफ फर्काए।

अब कांग्रेस केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे बस्ने तय भएको छ। यो बैठकमा नियमित महाधिवेशनको तालिका पेस हुने नेताहरूले बताएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ९ : ३१ बजे

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत

सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक !

काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय

उपत्यकामा हल्का वर्षा

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानदेखि हल्का वर्षा भएको छ ।