ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति « Khabarhub

ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखभन्दा बढीको क्षति


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भञ्ज्याङ बजारमा विद्युत् सर्ट भएर लागेको आगलागीबाट करिब ५० लाखबराबरको क्षति भएको छ।

स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट टिनको छानो, काठपात, मेसिनरी सामान, ल्याप्टप, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए।

आगलागी भएको खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बताइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : १३ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका