आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप « Khabarhub

आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए।

उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्।

‘मलाई कुट्ने माओवालीका कार्यकर्ता हुन्। सबैलाई मैले चिनेकै छु। मलाई लछारापछार पारे। मेरो घुँडामा चोट लागेको छ,’ उनले भनिन्, ‘मेरो मंगलसुत्र पनि हरायो लुटेर लगे।’ उनले आफूमाथि कुटपिट भएको र गहना हराएको बारे स्थानीय प्रहरी चौकीमा उजुरी दिइसकेको पनि बताइन्। उनले मात्रै होइन अन्य महिलाहरूले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिइसकेका छन्।

जग्गाक सीमा विवामा उनी र उनका छिमेकी बीच विवाद हुदा हात हालाहालको अवस्था भएको बुझिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ३० बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ