आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप « Khabarhub

आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए।

उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्।

‘मलाई कुट्ने माओवालीका कार्यकर्ता हुन्। सबैलाई मैले चिनेकै छु। मलाई लछारापछार पारे। मेरो घुँडामा चोट लागेको छ,’ उनले भनिन्, ‘मेरो मंगलसुत्र पनि हरायो लुटेर लगे।’ उनले आफूमाथि कुटपिट भएको र गहना हराएको बारे स्थानीय प्रहरी चौकीमा उजुरी दिइसकेको पनि बताइन्। उनले मात्रै होइन अन्य महिलाहरूले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिइसकेका छन्।

जग्गाक सीमा विवामा उनी र उनका छिमेकी बीच विवाद हुदा हात हालाहालको अवस्था भएको बुझिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ३० बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी