हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी « Khabarhub

हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो संस्करणमा शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन्। शुक्रबार कर्णालीले एनपीएलमा विराटनगर किंग्ससँग तीन विकेटको हार बेहोरेको थियो।

हारका बाबजुद सोमपालले बाँकी तीन खेलमा सकारात्मक नतिजा ल्याउने जनाउँदै प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउने दाबी गरेका हुन्।

‘आज धेरै गल्ती गर्यौं। जसका कारण हामीले हार बेहोर्‍यौँ। यो खेलको एउटा अंश हो। अझै तीन खेल बाँकी छ। हामी शीर्ष चारमा जसरी पनि स्थान बनाउनेछौँ। यसको निम्ति हामी तयार छौँ,’ उनले भने, ‘आजको हारले निराश भइहाल्नुपर्ने अवस्था छैन। हामी बाँकी खेलमा जित हासिल गर्नेमा केन्द्रित छौँ । यी खेलमा उत्कृष्ट प्रदर्शन गरेर शीर्ष चारमा पुग्नुपर्छ।’

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अन्तिम पाँच ओभरमा विराटनगरले ६९ रन बनाउँदै कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो। हारसँगै तालिकाको पाँचौँ स्थानमा सीमित कर्णालीले सातमध्ये चार खेल खेल्दा एक जित र तीन हारसहित दुई अंक जोडेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ४४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर