हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी « Khabarhub

हामी बाँकी खेल जितेर शीर्ष चारमा स्थान बनाउनेछौँ: सोमपाल कामी


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो संस्करणमा शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन्। शुक्रबार कर्णालीले एनपीएलमा विराटनगर किंग्ससँग तीन विकेटको हार बेहोरेको थियो।

हारका बाबजुद सोमपालले बाँकी तीन खेलमा सकारात्मक नतिजा ल्याउने जनाउँदै प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउने दाबी गरेका हुन्।

‘आज धेरै गल्ती गर्यौं। जसका कारण हामीले हार बेहोर्‍यौँ। यो खेलको एउटा अंश हो। अझै तीन खेल बाँकी छ। हामी शीर्ष चारमा जसरी पनि स्थान बनाउनेछौँ। यसको निम्ति हामी तयार छौँ,’ उनले भने, ‘आजको हारले निराश भइहाल्नुपर्ने अवस्था छैन। हामी बाँकी खेलमा जित हासिल गर्नेमा केन्द्रित छौँ । यी खेलमा उत्कृष्ट प्रदर्शन गरेर शीर्ष चारमा पुग्नुपर्छ।’

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अन्तिम पाँच ओभरमा विराटनगरले ६९ रन बनाउँदै कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको थियो। हारसँगै तालिकाको पाँचौँ स्थानमा सीमित कर्णालीले सातमध्ये चार खेल खेल्दा एक जित र तीन हारसहित दुई अंक जोडेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १० : ४४ बजे

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज