आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात « Khabarhub

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ।

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ०७ बजे

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ