रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ? « Khabarhub

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीचको सहमतिमा जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयनको विषय नसमेटिएको भन्दै प्रश्न उठेको छ ।

जेनजी समूहकै मजिद अन्सारीले रक्षा बम र पुरुषोत्तम यादव वार्तामा सहभागी हुँदा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवाल नउठाएको भन्दै प्रश्न गरेका हुन् ।

रवि र बालेनबीच सात बुँदे सहमति भए लगत्तै अन्सारीले सामाजिक सञ्जालमार्फत् सम्झौतामा किटानीसहित जेनजी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्ने बुँदा नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् । उनले यो किन समेटिएन भनेर जेनजी नेता रक्षा बम र पुरुषोत्तम यादवलाई प्रश्न गरेका छन् ।

‘रक्षा बमज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध पुरुषोत्तम यादव ज्यु लगायत वार्तामा सामेलहरुलाई सोझो प्रश्न, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र बालेन्द्र शाह बीचमा भएको समझौतामा किटानी सहित जेनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बीचमा भएको १० बुँदे सम्झौता (मिति २०८२ मंसिर २५ गते नेपाल राजपत्रमा प्रकाशित) कार्यान्यवन गर्ने प्रतिबद्धता सहितको बुँदा किन समेटिएन ? तपाईंहरुको यस सम्बन्धमा भएको सार्वजनिक धारणा के हो ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

उनले आगामी दिनमा जेनजी आन्दोलनका मुद्दा रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्छ कि बन्दैन भनेर पुरुषोत्तम यादवलाई थप प्रश्नसमेत गरेका छन् ।

‘अन्त्यमा पुरुषोत्तम यादवज्यूलाई सरल प्रश्न, आगामी दिनहरुमा जेनजी जनआन्दोलनको मुद्धाहरु रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्नेछ कि नाई ? खुलाई दिनुहोस्’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : ३० बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट