काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात « Khabarhub

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको अलैँची भारततर्फ निर्यात भएको छ । 

कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ । 

साथै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँको छुर्पी, ४४ करोड ९९ लाख ११ हजार रुपैयाँको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजार रुपैयाँको अदुवा र सुठो,  ३० करोड ४१ लाख ४९ हजार रुपैयाँको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ । 

साथै, नौ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ । 
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : ०५ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न