ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान, « Khabarhub

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले युवा उद्यमीहरूलाई लक्षित गर्दै ७ लाख रुपैयाँ बराबरको अनुदानका लागि नवीन नवप्रवर्तन आइडिया (सोच) पेश गर्न आह्वान गरेको छ ।

ईयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट नेपाल परियोजना अन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री र दिगो प्याकेजिङसम्बन्धी नवीन आइडिया प्रस्तुत गर्ने एक उत्कृष्ट युवा उद्यमी वा टिमलाई उक्त अनुदान प्रदान गरिनेछ ।

अनुदानका लागि बागमती, लुम्बिनी र मधेश प्रदेशका युवाहरूले आफ्नो आइडिया सहितको प्रस्ताव माघ १ गतेभित्र पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावहरूमध्ये विज्ञहरू सम्मिलित छनोट समितिले मूल्याङ्कन गरी एक जनालाई विजेता घोषणा गर्नेछ ।

क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाका अनुसार विजेता टिमलाई अनुदानसँगै प्राविधिक सहयोग, उत्पादनपछि बजार खोजी तथा दीर्घकालीन रूपमा व्यवसाय टिकाइराख्न आवश्यक अन्य लगानी स्रोत पहिचानमा समेत सहयोग गरिनेछ ।

उनले स्थानीय स्रोतको पुनःचक्रण तथा पुनःप्रयोगमा आधारित दिगो प्याकेजिङका नवीनतम विचारलाई प्राथमिकता दिइने जानकारी दिइन् । ‘यसले प्लास्टिक फोहोर न्यूनीकरण गर्नुका साथै चक्रिय अर्थतन्त्रका अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।

ईयूको सहयोगमा सञ्चालन भइरहेको ग्रिनसिफ्ट परियोजना क्रिएसन नेपालले लिड रोलमा रही रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब कन्सोर्टियम साझेदारका रूपमा कार्यान्वयन गरिरहेको छ ।

परियोजनाअन्तर्गत बागमती, लुम्बिनी र मधेश प्रदेशका ९ स्थानीय तहमा विद्यालय, युवा पैरवी समूह तथा नीति निर्माण तहसँग मिलेर प्लास्टिक फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : ११ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न