चिसोले महोत्तरीका विद्यालय बन्द « Khabarhub

चिसोले महोत्तरीका विद्यालय बन्द


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् । 

स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन् । स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन् ।

तराई–मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ । अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  रासस
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : १७ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न