वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान « Khabarhub

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले एक करोड रुपैयाँ मूल्य पर्ने जग्गा दान गरेका छन् । 

छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । 

अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनकका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् । 

‘साविक हिस्तान गाविसको साविक पाँचवटै टोलको भेलाबाट सहमति जुटाई तीन वर्षअघि उनीहरुले जग्गा दानको घोषणा गरेका थिए, जुन अहिले प्रक्रिया पूरा गरिएको हो’, उनले भने, ‘गाउँपालिकाले एक करोड ३९ लाख रुपैयाँ लागत अनुमानको हिस्तान वडा कार्यालय भवन निर्माणका लागि आइतबार ठेक्का आह्वान गरेको छ ।’
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : २४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल