काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो कार्यविधि यही पुस महिनादेखि लागू गरेको हो ।
नयाँ कार्यविधिले विशेष गरी मह, मौरीजन्य उत्पादन र च्याउ खेतीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिएको छ । यसअन्तर्गत कृषक तथा उद्यमीहरूलाई आधुनिक प्रविधि हस्तान्तरण, उत्पादनको प्रचार–प्रसार र सरोकारवालाबीच व्यावसायिक सम्बन्ध स्थापना गर्न मद्दत पुग्नेछ। साथै, नेपाली महको प्रदर्शन र बिक्रीका लागि ‘राष्ट्रिय मह मेला’ आयोजना गरिनेछ ।
यसबाहेक, खाद्यान्न, तेलहन र रैथाने बालीको संरक्षण एवं उत्पादन बढाउन ‘बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम’ पनि सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान गरी छनोट भएका कृषक समूह, सहकारी र सामुदायिक बिउ बैंकहरूलाई अनुदान सहयोग उपलब्ध गराइनेछ ।













प्रतिक्रिया