एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई « Khabarhub

एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको छ ।

यसअघिको पहिलो केन्द्रीय कमिटी बैठकबाटै एमालेले नेताहरूको वरीयता निश्चित गरेको थियो ।

तर आइतबार बसेको पहिलो सचिवालय बैठकमा अध्यक्ष ओलीले वरीयतालाई स्पष्ट पारेका छन् ।

उनले एघारौँ महाधिवेशनपछि उपाध्यक्षमा दोहोरिएका रामबहादुर थापा बादललाई आफूपछिको दोस्रो वरीयता दिने गरी आशन मिलाएका छन् ।

बादलपछि तेस्रो वरीयता उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मिलेको छ । त्यसपछि अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई छैटौँ वरीयता मिलेको छ ।

एमालेका त्यसपछि महासचिव शंकर पोखरेललाई वरीयता दिइएको छ । यद्यपि एमालेमा महासचिव पद अध्यक्षपछिको कार्यकारी हो ।

उता उपमहासचिवतर्फ पहिलो वरीयता लेखराज भट्टले पाएका छन् । उनी माओवादी पृष्ठभूमिका भए पनि यस पटक लोकप्रिय मत पाए ।

भट्टपछि उपमहासचिवमा रघुवीर महासेठ र योगेश भट्टराईलाई वरीयता निर्धारण गरिएको छ । सचिवतर्फ छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारीलाई पहिलो, दोस्रो र तेस्रो वरीयता दिइएको छ।

त्यसपछि अर्का सचिव भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मत कार्की र अन्तिममा महेश बस्नेतको वरीयता तय गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : १४ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली