रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से « Khabarhub

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’ बीचमा भएको एकताको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । लामो समयदेखि गति लिन नसकेको सेयर बजारमा आज उत्साह देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ । ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.४२ बिन्दुमा पुगेको हो ।

आइतबार कारोबार भएका मध्ये २३८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २१ वटा कम्पनीको सेयर मूल्य घट्यो । अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा आज नेप्सेको पुँजीकरण पनि १.८३ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा भएको सेयर कारोबारमा मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन नेपाल लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सम्पूर्ण समूहको उपसूचक पनि हरियाली बन्न पुगेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने