रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से « Khabarhub

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’ बीचमा भएको एकताको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । लामो समयदेखि गति लिन नसकेको सेयर बजारमा आज उत्साह देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ । ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.४२ बिन्दुमा पुगेको हो ।

आइतबार कारोबार भएका मध्ये २३८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २१ वटा कम्पनीको सेयर मूल्य घट्यो । अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा आज नेप्सेको पुँजीकरण पनि १.८३ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा भएको सेयर कारोबारमा मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने विन नेपाल लघुवित्तको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सम्पूर्ण समूहको उपसूचक पनि हरियाली बन्न पुगेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : १६ बजे

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर