गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « Khabarhub

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना लाभान्वित भएका छन् । जैसीथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटवल अस्पताल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका–४ कार्यालयको समन्वयमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूतिलगायत रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभान्वित भएका छन् । 

त्यसैगरी, गाउँमै विशेषज्ञसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको बचत भएको छ । ‘सुगर र थाइराइड भएर आएको, औषधि लिएर फर्के’, जैसीथोकका चुरामणि घिमिरेले भने, ‘बुटवलका चिकित्सक गाउँमै आएर सेवा दिँदा खुसी छौँ ।’ उनले आफूसहित श्रीमतीलाई शिविरमा लगेर उपचार गराएको बताए । 

जैसीथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए  । उनले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताए । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

शिविरमा जनरल सर्जन कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा सागर पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बिन्दु पोखरेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा प्रदीप शर्मालगायतको टिमले सेवा दिएको थियो । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३५ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि