साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु « Khabarhub

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म साढे ८ महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ५२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय ५२ जना घाइते भएका छन् भने २ हजार ५ सय ६४ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आगलागीका कारण ठूलो मात्रामा धनजनको क्षति भएको हो । प्राधिकरणका अनुसार आवासीय घर, गोठ, उद्योग–व्यवसाय तथा सामुदायिक संरचनामा आगलागीका घटना बढी देखिएका छन् ।

विशेषगरी हिउँद र सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरेको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट सर्किट, ग्यास चुहावट, खुला आगोको प्रयोग र लापरबाहीका कारण आगलागी हुने गरेको प्रारम्भिक विश्लेषणमा देखिएको छ।

प्राधिकरणले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन, आगोसम्बन्धी उपकरण सुरक्षित रूपमा प्रयोग गर्न तथा समुदायस्तरमा सचेतना बढाउन आग्रह गरेको छ । साथै, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकहरूसँग सहकार्य गरी द्रुत उद्धार तथा राहत प्रणालीलाई प्रभावकारी बनाइँदै लगिने पनि जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३९ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न