अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस « Khabarhub

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक ‘दृश्यम ३’ छोडेको खबर बाहिर आएको छ ।

फिल्मका निर्माता कुमार मंगत पाठकका अनुसार, यो विवाद पारिश्रमिकको नभई अक्षयको लुकको विषयमा उत्पन्न भएको हो । सुटिङ सुरु भइसकेको अवस्थामा फिल्म छाडेपछि निर्माण पक्षले अक्षयलाई कानुनी नोटिस पठाएर करोडौँ क्षतिपूर्ति मागेको छ ।

निर्माताका अनुसार, अक्षयको पारिश्रमिक पहिले नै तय भइसकेको थियो र कस्ट्युम डिजाइनरले काम सुरु गरिसकेका थिए ।

तर, धुरन्धर को सफलता पछि आफ्नो लुक्सको प्रशंसा पाएको भन्दै अक्षयले ‘दृश्यम ३’ मा पनि कपाल राख्ने अडान लिए, जबकि कथामा उनको पात्रको लुक फरक देखिनुपर्ने अवस्था थियो ।

निर्माता कुमार मंगलतले यो घटनालाई अक्षयको ‘धुरन्धर’ फिल्मको सफलता पछि बदलिएको स्वभावसँग जोडेर हेरेको बताएका छन् ।

भारतीय मिडिया अनुसार निर्देशक अभिषेक पाठकले सम्झौन खोज्दा सुरुमा सहमत भएका अभिनेता अक्षयले फिल्म धुरन्धरको  सफलता पछि फिल्म छाडिदिएका थिए । 

यस कदमले प्रोडक्सन हाउसलाई ठूलो आर्थिक घाटा पुर्‍याएको छ । डिसेम्बर १६ देखि सुरु भएको सुटिङ र सेट निर्माणको बाबजुद अक्षयले सम्पर्क गर्न छाडेपछि सेट भत्काउनुपर्ने स्थिति आएको थियो । अन्तिम समयमा अक्षयले फिल्म छोडेपछि निर्माता पक्षले अभिनेता जयदीप अहलावतलाई अनुबन्ध गरिएको छ । 

निर्माता पाठकका अनुसार, जयदीप अक्षयभन्दा उत्कृष्ट कलाकार हुन् र कथामा केही परिवर्तन गरी सुटिङ अघि बढाइनेछ । दृश्यम ३ फिल्म २ अक्टोबर २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३९ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि