अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस « Khabarhub

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक ‘दृश्यम ३’ छोडेको खबर बाहिर आएको छ ।

फिल्मका निर्माता कुमार मंगत पाठकका अनुसार, यो विवाद पारिश्रमिकको नभई अक्षयको लुकको विषयमा उत्पन्न भएको हो । सुटिङ सुरु भइसकेको अवस्थामा फिल्म छाडेपछि निर्माण पक्षले अक्षयलाई कानुनी नोटिस पठाएर करोडौँ क्षतिपूर्ति मागेको छ ।

निर्माताका अनुसार, अक्षयको पारिश्रमिक पहिले नै तय भइसकेको थियो र कस्ट्युम डिजाइनरले काम सुरु गरिसकेका थिए ।

तर, धुरन्धर को सफलता पछि आफ्नो लुक्सको प्रशंसा पाएको भन्दै अक्षयले ‘दृश्यम ३’ मा पनि कपाल राख्ने अडान लिए, जबकि कथामा उनको पात्रको लुक फरक देखिनुपर्ने अवस्था थियो ।

निर्माता कुमार मंगलतले यो घटनालाई अक्षयको ‘धुरन्धर’ फिल्मको सफलता पछि बदलिएको स्वभावसँग जोडेर हेरेको बताएका छन् ।

भारतीय मिडिया अनुसार निर्देशक अभिषेक पाठकले सम्झौन खोज्दा सुरुमा सहमत भएका अभिनेता अक्षयले फिल्म धुरन्धरको  सफलता पछि फिल्म छाडिदिएका थिए । 

यस कदमले प्रोडक्सन हाउसलाई ठूलो आर्थिक घाटा पुर्‍याएको छ । डिसेम्बर १६ देखि सुरु भएको सुटिङ र सेट निर्माणको बाबजुद अक्षयले सम्पर्क गर्न छाडेपछि सेट भत्काउनुपर्ने स्थिति आएको थियो । अन्तिम समयमा अक्षयले फिल्म छोडेपछि निर्माता पक्षले अभिनेता जयदीप अहलावतलाई अनुबन्ध गरिएको छ । 

निर्माता पाठकका अनुसार, जयदीप अक्षयभन्दा उत्कृष्ट कलाकार हुन् र कथामा केही परिवर्तन गरी सुटिङ अघि बढाइनेछ । दृश्यम ३ फिल्म २ अक्टोबर २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३९ बजे

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ