‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’ « Khabarhub

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक रहेको बताएका छन् । 

आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच नवीनतम समझदारी आवश्यक रहेको बताएका हुन् ।

उनले राजनीतिक निकासका लागि फागुन २१ गतेको निर्वाचन अघि नै गोलमेच सम्मेलन गरेर समस्याको निकास निकाल्नु उपयुक्त हुने बताए  । वर्तमान व्यवस्थाकै आधारमा निर्वाचन भए पछि पनि द्वन्द्व कायम रहने उनले बताए । 

अध्यक्ष लिङ्देनले जेन-जी आन्दोलनको माग सम्बोधन नभए सम्म निर्वाचनको औचित्य पुष्टि नहुने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको माग भएको जिकिर गरे ।  

अधिवेशनमा अन्य नेताहरूले पार्टीमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : १७ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा