‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’ « Khabarhub

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक रहेको बताएका छन् । 

आइतबार विराटनगरमा पार्टीस्तरीय जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक भुराजनैतिक द्वन्द्वमा फसिसकेकोले विदेशी हस्तक्षेप रोक्न पनि पूर्वराजा, राजनीतिक दल र जेन-जी पुस्ताबीच नवीनतम समझदारी आवश्यक रहेको बताएका हुन् ।

उनले राजनीतिक निकासका लागि फागुन २१ गतेको निर्वाचन अघि नै गोलमेच सम्मेलन गरेर समस्याको निकास निकाल्नु उपयुक्त हुने बताए  । वर्तमान व्यवस्थाकै आधारमा निर्वाचन भए पछि पनि द्वन्द्व कायम रहने उनले बताए । 

अध्यक्ष लिङ्देनले जेन-जी आन्दोलनको माग सम्बोधन नभए सम्म निर्वाचनको औचित्य पुष्टि नहुने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन जनताको माग भएको जिकिर गरे ।  

अधिवेशनमा अन्य नेताहरूले पार्टीमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : १७ बजे

फागुन २१ गते चुनाव : आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ