विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले « Khabarhub

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरू र कार्यकर्तालाई माफी दिने निर्णय गरेको छ।

पार्टीको शनिबार बसेको बैठकले यसबारे माफी मिनाहासम्बन्धी निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै तहका कार्यसमितिहरूलाई निर्देशन दिएको छ।

बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा अनुशासन विपरीत कार्यमा संलग्न भएका व्यक्तिहरूलाई भएको निलम्बन, निष्काशन वा अन्य कारवाहीको बाँकी अवधि माफ गर्ने निर्णय गरेको छ। यसरी माफी पाउनेहरू पार्टीको पद नपाउने भए पनि क्रियाशील सदस्यता कायम रहनेछ।

त्यसैगरी, विगतमा पार्टी छोडेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएका साथीहरूलाई कांग्रेसमा फर्कन आह्वान गरिएको छ। फर्किनेहरूलाई क्रियाशील सदस्यताको साथ आवश्यक जिम्मेवारी प्रदान गरिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले विभिन्न पेशा, व्यवसाय र क्षेत्रका वौद्धिक एवं व्यावसायिक व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। पार्टीले लोकतन्त्र र मुलुकको हितमा यी व्यक्तिहरूसँग संवाद र सहकार्य गर्न जोड दिएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी एकता, अनुशासन र लोकतान्त्रिक मूल्य कायम राख्दै आगामी निर्वाचन र पार्टी विकासमा सबैलाई सक्रिय भूमिका खेल्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ४१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन