अर्थसंक्षेप : चाँदीको विदेशी मुद्रा सटही सुविधामा अब मासिक कोटा, रवि–बालेन एकताले सेयर बजार हरियै र बुल्गेरियामा युरो लागू « Khabarhub

अर्थसंक्षेप : चाँदीको विदेशी मुद्रा सटही सुविधामा अब मासिक कोटा, रवि–बालेन एकताले सेयर बजार हरियै र बुल्गेरियामा युरो लागू


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’ बीचमा भएको एकताको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । लामो समयदेखि गति लिन नसकेको सेयर बजारमा आज उत्साह देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ । ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.४२ बिन्दुमा पुगेको हो ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।

धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ ।

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ०६ बजे

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट