अर्थसंक्षेप : चाँदीको विदेशी मुद्रा सटही सुविधामा अब मासिक कोटा, रवि–बालेन एकताले सेयर बजार हरियै र बुल्गेरियामा युरो लागू « Khabarhub

अर्थसंक्षेप : चाँदीको विदेशी मुद्रा सटही सुविधामा अब मासिक कोटा, रवि–बालेन एकताले सेयर बजार हरियै र बुल्गेरियामा युरो लागू


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’ बीचमा भएको एकताको सकारात्मक प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । लामो समयदेखि गति लिन नसकेको सेयर बजारमा आज उत्साह देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ । ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६३३.४२ बिन्दुमा पुगेको हो ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।

धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ ।

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ०६ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा