सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’ « Khabarhub

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ । अदालतको निर्णयसँगै अब यही पुस मसान्तसम्म चालु मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापासहित १९ जनाको बृहत् पूर्ण इजलासले आज सो अनुमति दिएको हो ।
      
सर्वोच्च अदालतका कर्मचारी बालाजीप्रसाद पाण्डेयलगायतले पेस गरेको प्रतिवेदनमाथि आज प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको इजलास नै गठन गरेर यसअघि एक महिना (मङ्सिर मसान्तसम्म) समय दिएको समय बढाएर ६० दिन अर्थात् पुस मसान्तसम्म गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मङ्सिर मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाप्न सकिने निर्णय भएकामा अब पुस मसान्तसम्म म्याद थाम्न सकिने भएको छ । यसअघि, मङ्सिर १ देखि ३० गतेसम्म एक महिना हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको थियो । आदेशको लिखित सोमबार आउनेछ ।

गत भदौ २४ गते अदालतमा आगजनी भएर नष्ट भएका मुद्दाको कागजात सङ्कलन गर्ने समय थप गरी ६० दिन हुनेछ । आगजनी र तोडफोडमा सर्वोच्च अदालतका सबैजसो कागजात जलेर नष्ट भएका थिए ।

अदालतले मुद्दाका पक्ष एवं सरोकारवालालाई सम्बन्धित मुद्दाको कागजात जुटाउन सहयोगका लागि आह्वान गरेको थियो । रासस
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ४९ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका