वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो  « Khabarhub

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ ।

चालु वर्षको वार्षिक कार्यक्रम अनुसार पालिकाभित्रका सुत्केरी अवस्थामा रहेका आमाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आइतबारदेखि निःशुल्क इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको हो । आइतबार वडा नम्बर-१ का २९ जना सुत्केरी महिलाहरूलाई चुलो वितरण गरिएको थियो ।

त्यसै गरी वडा नम्बर-२ का २१ जना र वडा नम्बर-३ का ५१ जना आमाहरूलाई वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा चुलो वितरण गरिएको थियो ।

कुल दुई सय ५० जना सुत्केरी महिलाहरूलाई चुलो वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको महिला लक्षित प्रोत्साहन कार्यक्रम अन्तर्गत चालु वर्ष र अघिल्लो आर्थिक वर्षको विनियोजित कार्यक्रम अन्तर्गतको कार्यक्रमले वडागत रूपमा चुलो वितरण गरिने उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

सुत्केरी गृहिणी महिलाहरूको कार्य बोझ घटाउने, वन तथा वातावरण संरक्षणमा सहयोग पुर्‍याउने तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको उनले बताइन् । 

चुलो वितरण कार्यक्रममा वैतेश्वर-२ का वडा अध्यक्ष श्यामकुमार घिसिङ,वडानम्बर-३ का वडा अध्यक्ष कमल अधिकारी, पालिकाका वरिष्ठ शाखा अधिकृत रवीन्द्र चौलागाई, इन्जिनियर रोशनकुमार गिरी, स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङ लगायतको उपस्थितिमा चुलो वितरण गरिएको थियो ।

गाउँपालिकाले सबै वडाका सुत्केरी आमाहरूलाई चुलो वितरण गर्ने योजना बनाएको छ । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ३५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले