वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो  « Khabarhub

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ ।

चालु वर्षको वार्षिक कार्यक्रम अनुसार पालिकाभित्रका सुत्केरी अवस्थामा रहेका आमाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आइतबारदेखि निःशुल्क इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको हो । आइतबार वडा नम्बर-१ का २९ जना सुत्केरी महिलाहरूलाई चुलो वितरण गरिएको थियो ।

त्यसै गरी वडा नम्बर-२ का २१ जना र वडा नम्बर-३ का ५१ जना आमाहरूलाई वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा चुलो वितरण गरिएको थियो ।

कुल दुई सय ५० जना सुत्केरी महिलाहरूलाई चुलो वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको महिला लक्षित प्रोत्साहन कार्यक्रम अन्तर्गत चालु वर्ष र अघिल्लो आर्थिक वर्षको विनियोजित कार्यक्रम अन्तर्गतको कार्यक्रमले वडागत रूपमा चुलो वितरण गरिने उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

सुत्केरी गृहिणी महिलाहरूको कार्य बोझ घटाउने, वन तथा वातावरण संरक्षणमा सहयोग पुर्‍याउने तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको उनले बताइन् । 

चुलो वितरण कार्यक्रममा वैतेश्वर-२ का वडा अध्यक्ष श्यामकुमार घिसिङ,वडानम्बर-३ का वडा अध्यक्ष कमल अधिकारी, पालिकाका वरिष्ठ शाखा अधिकृत रवीन्द्र चौलागाई, इन्जिनियर रोशनकुमार गिरी, स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङ लगायतको उपस्थितिमा चुलो वितरण गरिएको थियो ।

गाउँपालिकाले सबै वडाका सुत्केरी आमाहरूलाई चुलो वितरण गर्ने योजना बनाएको छ । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ३५ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा