मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण « Khabarhub

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो ।

सन् २००९ देखि सामुदायिक आँखा केन्द्रले यहाँ आँखासम्बन्धी सेवा प्रवाह दिँदै आएको छ । आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिइन् ।

उनले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जानकारी दिइन् । नेत्र अधिकृत नेपालीले भनिन्, “हामीले स्थानीय नागरिकलाई चौबिसै घण्टा ‘इमरजेन्सी’ सेवा प्रवाह गरिरहेका छौँ । बहिरङ्ग सेवा (ओपिडी) तर्फ दृष्टि परीक्षण, आँखा जाँच, चस्मा जाँच, सुपथ मूल्यमा चस्मा बनाउने र औषधि सेवा दिनेलगायत काम भइरहेका छन् । यसका साथै बर्सेनि नेत्र रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको सहयोगमा जिल्लाका पाँचैवटा स्थानीय तहमा आलोपालो आँखाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छौँ ।”

केन्द्रमा हाल एक जना नेत्र अधिकृत र एक जना अप्टिकल फिडरलगायत कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ५९ बजे

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र