हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम « Khabarhub

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।

कसरा पर्यटन व्यवसायी सङ्घकी लक्ष्मीकलीले प्रतियोगितामा कुल १२ अङ्क (गोल) प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगिताका क्रममा उनले सात ‘पेनाल्टी’ जोगाउन सफल भएकी थिइन् ।

महोत्सवअन्तर्गत हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी बसन्तीकली ९बी० दोस्रो भएकी छन् । उनले १० अङ्क प्राप्त गरिन् भने छ पेनाल्टी जोगाउन सफल भइन् ।

यसैगरी सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकली नौ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । उनी ११ पेनाल्टी जोगाउन सफल भइन् । छवटा हात्ती सहभागी प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् ।

उनले तीन पेनाल्टी जोगाइन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन् । उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा रहिन् । उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।

प्रतियोगिताको सदस्यहरूमा अवित गुरुङ र रोमन महतो रहनुभएको थियो भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहनुभएको थियो । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल आयोजना गरिएको थियो । तीन दिनको कुल अङ्कका आधारमा आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहा तथा चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती महोत्सव आयोजना हुँदै आएको छ । सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेका थिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने