रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने « Khabarhub

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

आयोगले लेखकलाई शुक्रबार बयान दिन आउनू भन्दै मंगलबार पत्र पठाएको थियो। यसअघि नै पत्र पाएका लेखकले भोलि सोमबार बिहान ११ बजे बयान दिन जाने तयारी गरेका हुन् ।

साथै पूर्व गृहमन्त्री लेखकले सोमबार दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। उक्त पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषय र जाँचबुझ आयोगसँग सम्बन्धित विषयमा आफ्ना भनाइ सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : २७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा