कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम आजदेखि सुरु भएका छन् । कार्यक्रमअन्तर्गत आज लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले कवि शिरोमणि लेखनाथका काव्यको परिचर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा उनले गरेकाे योगदानबारे बताएका थिए । लेखनाथका काव्यमा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गर्नुभएका डा बोधराज ढकाल, विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका पूर्वप्राचार्य डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यबारे चर्चा गरेका थिए ।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको काव्य परिचर्चा कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथका कविता सुनाएका थिए । त्रिदिवसीय कार्यक्रमअन्तर्गत यही पुस १४ गते कविशिरोमणि जन्मस्थल अर्घौ अर्चलेमा सरसफाइ गरिनेछ भने पुस १५ गते अर्चलेमा नै मूल समारोह हुने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले जानकारी दिए ।

कवि शिरोमणि पौड्यालको जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको संयुुक्त आयोजनामा हुने कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स क्लब, आमा समूह, युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सह–आयोजक रहेका छन् । विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय तथा लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बराल तृतीय भए ।

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय भए । गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेल तृतीय भए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ०२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको