अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले « Khabarhub

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो जानकारी दिएको हो । उनका अनुसार, अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

उपमहासचिव भट्टका अनुसार, शीर्ष नेतासहित प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले ‘सुरक्षा दिने सेनाले हो कि प्रहरीले ?’ भनी प्रश्न गरेका थिए । तर, सोही विषयलाई तोडमोड गरी ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न नहुने’ भनी अध्यक्षले अभिव्यक्ति दिएको भन्ने भ्रम फैलाइएको भट्टले स्पष्ट पारे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “हिजो प्रधानमन्त्रीकहाँ जाँदा अध्यक्षज्यूले निर्वाचनको वातावरण बन्छ कि बन्दैन ? भनेर सोध्नुभयो । अहिलेको अवस्था प्रतिक्रान्ति र प्रतिगमन हो, लोकतान्त्रिक विधि–पद्धतिबाट संसद विघटन नगरी जसरी अघि बढ्नुपर्थ्यो, त्यो भएन भन्ने उहाँको धारणा थियो ।”

भट्टले अगाडि भने, “निर्वाचनको वातावरण बनाउन सेना परिचालन गर्ने प्रसंग आउँदा उहाँले ुसुरक्षा दिने सेनाले हो कि प्रहरीले ? सेना त बाहिरी घेरामा हुन्छु भन्नुभएको थियो । यही कुरालाई लिएर जसरी भ्रम फैलाइयो, त्यसमा हाम्रो आपत्ति छ ।”

साथै, प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले सरकारको गठन र सञ्चालन लोकतान्त्रिक र संवैधानिक ढंगबाट नभएको धारणा राखेको भट्टले उल्लेख गरे ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ०८ बजे

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार