विकास, शान्ति र समृद्धि राष्ट्रिय एकताबाटै सम्भव : उपराष्ट्रपति  « Khabarhub

विकास, शान्ति र समृद्धि राष्ट्रिय एकताबाटै सम्भव : उपराष्ट्रपति 


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि शहीदहरूको साहस सबैका लागि प्रेरणा भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेदको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौँ महान सपूत /वीरवीरङ्गनाले जन्म लिएका र उनीहरूले  लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहुति दिएको बताएका छन् । उनले शहीदहरूले एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरेका छन् ।

शहीदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सङ्कल्प लिन सक्नुपर्ने उनको भनाइ छ । उनले देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव भएको समेत बताएका छन् ।

शहीदहरूको सपना र आकांक्षा साकार पार्न सके मात्र उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने उल्लेख गर्दै उपराष्ट्रपति यादवले मुलुकको दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकांक्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक समाजलगायत सबै दृढ सङ्कल्पका साथ लाग्नु आजको आवश्यकता भएको बताएका छन् । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : २९ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका