आज शहीद दिवस मनाइँदै « Khabarhub

आज शहीद दिवस मनाइँदै


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद  स्मारक लैनचौर पुगेर ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।  

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट शहीद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : २७ बजे

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण