सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति | Khabarhub Khabarhub

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपतिले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

वीर शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै शहीदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

‘सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।

शहीद दिवस देशका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६  गते यो दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ३४ बजे

सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किलोमिटर कालोपत्र

भोजपुर– वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै

ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं– ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो

काठमाडौं– अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले सरकारले

युरोपियन च्याम्पियन्स लिगमा एट्लेटिको पनि दोस्रो चरणमा

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड पनि दोस्रो चरणमा पुगेको