राजस्व चुहावट कसुरमा मुद्दा दायर « Khabarhub

राजस्व चुहावट कसुरमा मुद्दा दायर


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना माग दाबी गरिएको छ ।

साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८–८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८–७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ ।

प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटकपटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ४२ बजे

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण