उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : देउवा | Khabarhub Khabarhub

उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : देउवा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्‌घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने समेत बताए ।

स्टार्टअप उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भन्दै उनले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने उल्लेख गरे । थोरै लगानीमै स्टार्ट अप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके रोजगारीमा क्रान्ति ल्याउन सकिने उनको भनाइ छ ।

 देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताए ।

सभापति देउवाले कृषि, वन, जडिबुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्ने समेत बताए । उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको धारणा राखे ।

सभापति देउवाले उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानूनी तथा प्रक्रियागत झन्झटहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न सरकारले आवश्यक कानून ल्याएको र कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउने बताइएको छ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १२ : २५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध